image
image

मासिक डेढ लाख बढी तलबसहित जापानमा पुरुष कामदारको माग

काठमाडौँ, २७, वैशाख । जापान एक कम्पनीले नेपाली पुरुष कामदारको माग गरेको छ । जापानको शिनसाकुरा सहरमा रहेको ER PLUS COOPERATIVE ASSOCIATION कम्पनीले ३ जना पुरुष नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब १ लाख ५० हजार बढी पाउनेछन् । कामदारलाई खाने सुविधा छैन भने वस्ने सुविधा भने रहेको छ ।  इच्छुक कामदारले Grand Suite Job Pvt.Ltd. Koteshwor,काठमाडौंको कार्यालयमा जेठ २ गते अन्तरवार्ता दिनु पर्ने छ ।

साथै जापानिज भाषामा एन फोर लेबल पास गरेको हुनुपर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार  आफैले बेहोर्नु पर्ने छ ।  

हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।