image
image

टेलिकमको साधारण सभा १३ गते, शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव 

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनीले चैत १३ गते १३औं वार्षिक साधारण सभा आव्हान गरेको छ । 
कम्पनीले त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । 

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफा रकमबाट शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने पनि रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।