आज कुन देशको मुद्रा विनिमयदर कति ?
काठमाडौँ, २६, वैशाख । आज एक अमेरिकी डलरको बिक्री दर १२३.३७ रुपैयाँ र खरिद दर १२२.७७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै डलरको खरिद/बिक्री दर तोकेको हो । यस्तै, एक युरोको बिक्री मूल्य १३०.१९ रुपैयाँ र खरिद मूल्य १२९.५६ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५२.२२ रुपैयाँ र खरिद मूल्य १५१.४८ रुपैयाँ छ । यस्तै, ८७.३२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८६.९० रुपैयाँ छ ।
यस्तै, ८९.०३ रुपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको बिक्री मूल्य ८८.६० रुपैयाँ छ भने १० जापानी येनको बिक्री मूल्य ९.४५ रुपैयाँ र खरिद मूल्य ९.४० रुपैयाँ छ । चिनियाँ युवानको बिक्री दर १८.५१ रुपैयाँ र खरिद दर १८.४२ रुपैयाँ छ ।









