प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने
काठमाडौँ २० फागुन। प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । भोलि दिउसो २ बजे हुने भनिएको विशेष समहरोलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्न लागेका हुन् ।
हिजो बसिएको दुई पक्षिय वार्ता पछि संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । उक्त प्रेस नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भए सँगै उक्त निर्णय पनि भएको हो ।
त्यस्तै विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने उल्लेख छ । साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति पनि भएको छ ।