image
image

रोजगारीका लागि युरोप पठाईदिने भन्दै ४ करोड बढी ठगी गरेर्नेविरुद्ध मुद्दा दायर

काठमाडौँ, २५, वैशाख ।  वैदेशिक रोजगार विभागले जेन्युन एजुकेसन एण्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराईविरुद्व वैदेशिक रोजगार न्यायाधिकरण मुद्दा दायर गरेकोे छ । 

सञ्चालक सुजन भट्टराईले युरोपका विभिन्न मुलुकमा रोजगारीको लागि पठाईदिने भन्दै ४ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा शुक्रबार मुद्दा दायर गरेको हो । 

विभागले कन्सल्टेन्सीका सञ्चालक भट्टराईसहित मेख बहादुर गुुरुङ र सुनिल लम्साललाई पनि ठगी मुद्दामा विपक्षी बनाएको छ । उनीहरूलाई विभागमा खटिएको नेपाल प्रहरीको डिएसपी कमाण्डको टोलीले गत चैत २८ गते पक्राउ गरेको थियोे ।

उनीहरुले पोर्चुगल, स्पेन र फ्रान्ससहितका मुलुकमा वैदेशिक रोजगारमा लैजाने भन्दै प्रतिव्यक्ति १७ लाख ९२ हजार रूपैयाँसम्म ठगी गरेकोे विभागले जनाएको छ । 

२२ जनाबाट असुली गरेकोे २ करोड ८८ लाख ४१ हजार ७ सय र त्यसको  ५० प्रतिशत हर्जनासहित ४ करोड २३ लाख ५० रूपैयाँ विगो कायम गरिएको विभागले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
100%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।