image
image

साइप्रसले माग्यो नेपाली कामदार, मासिक तलब एक लाख १५ हजार बढि

काठमाडौँ, २५, वैशाख ।  साइप्रसको विभिन्न कम्पनीले नेपाली कामदारको माग गरेको छ । साइप्रस सहरमा रहेको विभिन्न कम्पनीले विभिन्न पदका लागि २० जना पुरुष र ४० जना महिला गरी जम्मा ६० जना नेपाली कामदारकोे माग गरेकोे हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ४० हजार माथिदेखि एक लाख १५ हजार बढि पाउनेछ । इच्छुक कामदारले कालिन्चोक एच आर प्रालिको कार्यालय सामाखुशी काठमाडौंमा बैशाख २९ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिषा स्ट्याम्पीङ शुल्क कामदार  आफैले बेहोर्नुृ पर्ने छ ।  हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
100%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।