image
image

वैदेशिक रोजगारद्धारा ठगी गर्ने १० जनाविरूद्व मुद्दा दायर

काठमाडौँ, २३, वैशाख । वैदेशिक रोजगार विभागले ठगी गर्ने दश जनाविरूद्व मुद्दा दायर गरेकोे छ । विभागले बिहीबार वैदेशिक रोजगार न्यायाधिकरणमा ८ जना ट्राभल्स एजेन्सीका सञ्चालकसहित दश जनाविरुद्व मुद्दा दायर गरेको हो ।

इन्टरनेशनल एक्स्पो एण्ड टुर्स कन्सल्टेन्सीका सञ्चालक राधा सुवेदीसहितका व्यक्तिले माल्टा पठाउने भन्दै १ सय २२ जनासँग प्रतिव्यक्ति २ लाख ३५ हजार रुपैयाँसम्म असुलेको विभागले जनाएको छ । 

विभागका अनुसार सञ्चालक सुवेदी लगायतका व्यक्तिहरूले ठगीमा परेका जीवन ढुंगेलसहित १ सय २२ जनाबाट १ करोड ६४ लाख ८ हजार रुपैयाँ ठगी गरेकोे भन्दै त्यसको ५० प्रतिशत हर्जना ८२ लाख ४ हजार गरी २ करोड ४६ लाख १२ हजार रुपैयाँ विगो असुल उपर हुनुपर्ने माग गरेका छन् । 

त्यसै, विभागले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सदीक्षा गुरुङ र खिनशोभा गुरुङविरूद्व मुद्दा दायर गरेको छ । अनुमति विना वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै ४१ लाख ४२ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोपमा न्याधिकरणमा मुद्दा दायर गरिएको हो । 

त्यसैगरी पोखराका कुमार गुरुङलाई क्यानडामा आकर्षक रोजगारी उपलब्ध गराईदिने प्रलोभन दिएर ४१ लाख ४२ हजार ५ सय रुपैयाँ ठगी गरेकोे भन्दै त्यसको ५० प्रतिशत हर्जना गरी ६२ लाख ७३ हजार ७ सय ५० रुपैयाँ असुल गर्नुपर्ने दावी गरेको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।