image
image

श्रम स्वीकृति लिँदा कामदार स्वयंले अनलाइन मार्फत आवेदन गर्न आग्रह

काठमाडौँ, २३, वैशाख । वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले व्यक्तिगत नयाँ र वैधानिकीकरणको प्रक्रिया मार्फत श्रम स्वीकृति लिँदा कामदार स्वयंले अनलाइन मार्फत आवेदन गर्न आग्रह गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै कार्यालयले विदेशस्थित नेपाली दूतावासबाट प्रमाणित भएर आएका मागपत्र सम्बन्धि कागजात वैदेशिक रोजगारीमा जाने सम्बन्धित व्यक्तिले प्रिन्ट गरी विभागको वैदेशिक रोजगार सूचना प्रणाली ९फेमिस० मा अपलोड गर्नुपर्ने बताएको छ ।

 यसअघि कतार, कुवेत, युएई, रोमानिया, अल्वानिया, पोल्याण्ड, माल्दोभा, क्रोसिया, हंगेरी, बेलारूस र स्लोभाकिया मुलुकबाट व्यक्तिगत नयाँ श्रम स्वीकृति वा वैधानिकीकरण गर्दा सम्बन्धित देशको नेपाली दूतावास र कम्पनीबाट वैदेशिक रोजगार कार्यालय ताहाचलको ईमेलमा पठाई ती कागजातमा उक्त कार्यालयले प्रिन्टगरी छाप लगाई सम्बन्धित व्यक्तिले अनलाइनमा अफलोड गरेपछि श्रम स्वीकृति दिने गरिएको थियो । 

 अब विभागको प्रणालीमा आवेदन गर्दा विदेशबाट आएका मागपत्रमा कार्यालयको छाप लगाउनुपर्ने छैन भने सम्बन्धित कामदारले आफ्नो पायक पर्ने स्थानबाट आवेदन गर्न सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।