image
बेहुली ‘जोजो’लाई स्वप्नको वाचा

बेहुली ‘जोजो’लाई स्वप्नको वाचा

काठमाडौँ, २३, वैशाख । युवापुस्ताले रुचाएका युवा गायक स्वप्न सुमनले आफ्नी नयाँ बेहुलीलाई जीवनका हरेक सुखदुःखमा साथ दिने 'वाचा' गरेका छन् । 

बिहीबार केही साथीहरू र आफ्नो परिवारको उपस्थितिमा विवाह गरेका उनले ‘वाचा भयो’ गीतको भिडियोसमेत सार्वजनिक गरे ।

चार वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनले विवाहको भोलिपल्ट शुक्रबार गीतको भिडियो सेयर गर्दै स्वप्नले लेखेको छन्, “कसैलाई हृदयभरिको माया दिन सक्षम हुनु र त्यही प्राप्त गर्न सक्नु एकदमै विशेष अनुभूति हो । पहिलो दिनदेखि नै मेरो सबैभन्दा ठूलो शक्ति भएकी जोजोजस्तो पार्टनर पाउँदा म धन्य महसुस गरेको छु । सबैबाट माया र आशिर्वादको आशा छ ।”

स्वप्नले प्रेमिका ज्योत्सनालाई मायाले जोजो भनेर बोलाउने गर्छन् । 

विवाहको भिडियो समेटिएको गीतमा यी जोडीलाई कमेन्टमार्फत प्रशंसकहरूले शुभकामना दिइरहेका छन् ।भिडियोमा पनि स्वप्नले जोजोलाई औँठी लगाइदिएकोदेखि विवाहमा सिन्दूर लगाइदिएको सुन्दर पलहरू कैद भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।