image
इलेक्ट्रिक बाइक ल्याउँदै हर्ली डेभिडसन, मूल्य २६ लाख बढी

इलेक्ट्रिक बाइक ल्याउँदै हर्ली डेभिडसन, मूल्य २६ लाख बढी

काठमाडौँ, २२, वैशाख ।  विश्वकै चर्चित अटो ब्राण्ड हर्ली डेभिडसन अन्तर्गतकाे ‘लाइभवायर’ ले आउँदाे मे १० मा ‘डेलमार’ नामक नयाँ इलेक्ट्रिक बाइक सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले गत वर्ष सार्वजनिक गरेको ‘लाइभवायर वान’ को विकल्पको रुपमा यो बाइक सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले बाइकको टिजर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ ।

यो बाइक एस२ भर्सनमा आधारित हुने जनाइएको छ । यसको अर्थ यो बाइकको तौल मध्यक्रमको बाइक सरह हुनेछ ।टिजर अनुसार बाइकको पछिल्लो भागमा ‘०ः०६’ मार्क दिइएको छ । हालसम्म प्राप्त जानकारी अनुसार यो बाइकको मूल्य २१ हजार ९९९ अमेरिकी डलर (साढे २६ लाख रूपैयाँ बढी) काे हारहारीमा हुनेछ ।

बाइकमा ब्याट्रीको क्षमता विस्तार गर्न सकिने सुविधा पनि उपलब्ध हुने चर्चा छ । भने, यसमा तल्लो स्तरको एस३ र माथिल्लो स्तरको एस४ मा उपलब्ध हुने फिचरलाई पनि समावेश गरिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।