image
image

न्यूनतम तलब १ हजार ५ सय रिंगेटको मागपत्र पेश गर्न रोजगारदातालाई मलेसियास्थित नेपाली दूतावासको आग्रह

काठमाडौँ, २१, वैशाख ।  मलेसियास्थित नेपाली दूतावासले कामदारको तलब न्यूनतम १ हजार ५ सय रिंगेट भएको भन्दै सोही अनुसार मागपत्र पेश गर्न रोजगारदातालाई आग्रह गरेकोे छ ।

मलेसियाले यहि मे महिनाको पहिलो तारेखदेखि न्यूनतम तलब मासिक १ हजार ५ सय रिंगेट कायम गरेकोे छ ।

मलेसिया सरकारले न्यूनतम तलब वृद्धि गरेसँगै मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्न आउनेहरुलाई सोही बमोजिमको मागपत्र तथा रोजगारी सम्झौता पत्र अनुरुप ल्याउन भनेको छ । 

दूतावासले यस अगाडि नै प्रमाणीकरणका लागि पेश गरिएका तर प्रमाणीकरण नभइसकेको मागका लागि समेत न्यूनतम तलबमा १ हजार ५ सय रिंगेट कायम गरेर पेश गर्नुपर्ने बताएको छ । 

 गत फेब्रुअरीदेखि मलेसियामा विदेशी कामदारको मागपत्र प्रमाणीकरण शुरू भएपछि पहिले कायम १२ सय रिंगेट न्यूनतम तलबका मागपत्र दूतावासमा पेश भएका छन् ।

 नेपालमा पनि १२ सय रिंगेट न्यूनतम तलब तोकिएको केही मागपत्रमा पूर्व स्वीकृति भएको छ । मलेसियामा भएको परिवर्तन अनुसार पुराना मागपत्रमा एकरूपता कायम गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।