image
image

नौ महिनामा सरकारले लियो दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण

काठमाडौँ, २०, वैशाख ।  रकारले चालु आर्थिक वर्षको नौ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले आन्तरिक र बाह्य गरेर साउनदेखि चैतसम्म दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको हो ।

यसमध्ये एक खर्ब १६ अर्ब रुपैयाँ बाह्य र एक खर्ब पाँच अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले यो आर्थिक वर्षमा दुई खर्ब ८३ अर्ब नौ करोड रुपैयाँ बाह्य र दुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक गरेर पाँच खर्ब २२ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ । यसमध्ये साउनदेखि चैतसम्मको नौ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ ऋण उठाएको हो ।

आन्तरिकतर्फ माघ, फागुन र चैतमा मात्रै ९९ अर्ब ४६ करोड रुपैयाँ ऋण लिइएको अर्थ मन्त्रालयले जनाएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।