image
image

९ महिनामा मात्र सियो आयात गर्दा साढे ३ करोड बढी रकम बाहिरियो

काठमाडौँ, २०, वैशाख । नेपालले चालू आर्थिक वर्ष २०७८/ ७९ को तेस्रो त्रैमाससम्ममा विभिन्न देशबाट साढे ३ करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ ।

भन्सार विभागले सर्वजनिक गरेको विवरण नेपालमा साउनदेखि चैत मसान्तसम्ममा साढे ३ करोड रुपैयाँभन्दा बढीको २ करोड ९९ लाख ५५ हजार १६२ थान र १९ हजार २११ किलोग्राम सियो नेपाल भित्रिएको हो । नेपालले गत वर्षको सोही अवधिमा विभिन्न देशबाट २ करोड १६ लाख ६६ हजार रुपैयाँ बराबरको सियो आयात गरेको थियो । 

गत आवको ९ महीनाको तुलनामा यो वर्षको सो अवधिमा सियो आयात ५४ प्रतिशतले बढेको भन्सार विभागको तथ्याकंले देखाएको छ ।

नेपालमा क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, टाइवान, अमेरिका र कतारलगायतका मुलुकहरुबाट सियो आयात भएका छन् । ती मुलुकहरु मध्ये सबैभन्दा धेरै सियो भारत र चीनबाट आयात हुने गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालले चीनबाट २ करोड ४४ लाख ४५ हजार रुपैयाँ र भारतबाट ८० लाख ३० हजार रुपैयाँको सियो आयात गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।