image
image

नर्भिक अस्पतालमा निःशुल्क ओपिडी

काठमाडौँ, १९, वैशाख । नर्भिक अस्पतालले गत शनिबारदेखि दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गरेको छ ।

नर्भिकले  बिहान ९ बजेदेखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन सुरु गरेको हो ।

नर्भिकले चैत महिनाभरि पनि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरेको थियो । सर्वसाधारणबाट माग आएपछि  पुनः आउने शनिबार पनि यूरोलोजीकै निःशुल्क ओपिडी सेवा संचालन गरेको अस्पतालले जनाएको छ ।

यूरोसर्जरी विशेषज्ञ डा. सञ्जीवभक्त बिष्ट र डा.सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा दिनेछ । साथै बिहान ८ बजेदेखि १० बजेसम्म सेवा सञ्चालन हुनेछ ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत हुनेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफरसमेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ ।

मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपीडीबाट लाभ लिन सक्नेछन् ।

निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटकोसमेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ ।

नर्भिकले निःशुल्क ओपिडीको साथमा आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा विभिन्न हेल्थ प्याकेजमा आकर्षक छुटको अफर पनि यसअघि नै सार्वजनिक गरिसकेको छ । यस्तै क्यान्सर स्क्रिनिङका विभिन्न ४ प्याकेजमा भारि छुटको अफरसमेत चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।