image
image

दक्षिण कोरियाको निर्यात घट्दा आयात बढ्यो

काठमाडौँ, १८, वैशाख ।  दक्षिण कोरियाको अप्रिल महिनामा निर्यात दर घटेको छ । निर्यात घट्दै र आयात बढ्दै जाँदा सन्तुलन कायम नभएपछि व्यापार घाटा बढ्दै गएको छ ।

कोरोनाका कारण चीनमा हुने सामाग्रीहरुको ढुवानी बन्द हुँदा र रुस–युक्रेन युद्धका कारण इन्धन तथा कच्चा पदार्थको मूल्य बढ्दै जाँदा निर्यात घटेको हो ।

चीन दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको छ । गत वर्षको तुलनामा दक्षिण कोरियाको यस महिनाको निर्यात १२.६ प्रतिशतले वृद्धि भएपनि फेब्रुअरि महिना पछि निर्यातमा कमी आएको छ । 

विश्लेषकहरुले गत वर्ष निर्यात दर वृद्धि भएर १४.२ प्रतिशत हुने प्रक्षेपण गरेता पनि निर्यात १२.६ प्रतिशतले मात्रै बढेको छ । यसैगरी मार्च महिनामा निर्यात १८.२ प्रतिशतले बढेको थियो । अप्रिल महिनामा भएको निर्यात मार्च महिनाको तुलनामा भन्दा कम भएको छ ।

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै दक्षिण कोरियाको आयात १८.६ प्रतिशतले वृद्धि भएको छ भने निर्यात १२.६ प्रतिशत रहेको छ । 

फराकिलो आयात र निर्यात बीचको अन्तरका कारण व्यापार घाटा बढेको छ । मार्च महिनामा १ सय १५ मिलियन डलर रहेको व्यापार घाटा अप्रिल महिनामा २ बिलियन ६६ मिलियन डलर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।