image
image

भायानेटको ईएमआई अफर, मासिक किस्ताबन्दीमा शुल्क तिर्न सकिने 

काठमाण्डौ । ग्राहकलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नका लागि भायानेटले ईएमआई अफर ल्याएको छ। ईएमआई अफरअन्तर्गत ग्राहकले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एकमुष्ट रकम नतिरी ईएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरल रुपले शुल्क तिर्न सकिने प्रावधान छ। 

यो अफरमार्फत ग्राहकले १२ महिनाको अवधिको मासिक ईएमआईमात्र रु. १९५६ तिरेमा पाउने कम्पनीले जनाएको छ। यसमा ग्राहकले १२ महिनाको अवधिको ३० एमबीपीएस इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यससम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाईफाई डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक)पाउनेछन । 

ईएमआई अफर लिने ग्राहकलाई थप १ हजार रिवार्ड प्वाइट पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध हुने बताइएको छ। यो अफर हाल एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुका लागि सीमित छ। तर छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने भायानेटले जनाएको छ। 

यसरी ईएमआईमा पैसा तिर्दा ग्राहकले १ वर्षको इन्टरनेटसहित जडान खर्च र डिभाइसहरुको मूल्य सजिलै मासिक रुपमा विस्तारै तिर्ने सुविधा प्रदान गरिएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।