image
image

वैदेशिक रोजगारीको नाममा शैक्षिक कन्सल्ट्यान्सीबाट ठगीको धन्धा बढ्यो

काठमाडौँ, १५, वैशाख । वैदेशिक रोजगार विभागले आकर्षक वैदेशिक रोजगारीको नाममा शैक्षिक कन्सल्ट्यान्सीबाट ठगीको धन्धा व्यापकरूपमा बढेको बताएको छ । 

राजधानीमा सञ्चालित दर्जनौं शैक्षिक कन्सल्ट्यान्सीलाई प्रहरीले पटकपटक कारबाही चलाउँदै आएको भएपनि कन्सल्ट्यान्सीबाट वैदेशिक रोजगारको नाममा ठग्ने धन्धा नरोकिएपछि विभागले शैक्षिक कन्सल्ट्यान्सीहरू माथि अनुगमनको माग गरेकोे हो ।

वैदेशिक रोजगारीका लागि जापान, युरोपेली मुलुक, अमेरिका र क्यानडा पठाइदिने भन्दै तेस्रो व्यक्ति खडा गरेर लाखौं रुपैयाँ ठगी गरिएको उजुरी आएकोे विभागले बताएको छ । ठगीको उजुरी आउने तर शैक्षिक कन्सल्ट्यान्सीका मुख्य व्यक्ति फरार भई उनीहरूका कर्मचारी मात्र पक्राउ पर्ने गरेको विभागले बताएको छ ।

वैदेशिक रोजगारीको आकर्षक सपना देखाएर रकम उठाउने र त्यसपछि सम्पर्कविहीन भई ठग्ने गरिएको भन्दै विभागले शैक्षिक कन्सल्ट्यान्सीहरूको अनुगमनको जिम्मेवारी पाएका सरकारी निकायहरूबाट अनुगमन र कारबाही नहुँदा ठगी संस्थागत भएकोले तिव्रतासाथ अनुगमन र कारबाही गर्न पनि आग्रह गरेकोे छ । 

शैक्षिक कन्सल्ट्यान्सीहरू शिक्षा मन्त्रालय अन्तर्गत दर्ता हुने गरेका छन् । जनशक्तिको अभाव देखाउँदै अनुगमन नहुँदा उनीहरूले वैदेशिक रोजगारमा कामदार पठाएर अलपत्र पार्ने गरेको गुनासो व्यापकरूपमा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।