image
image

साताको अन्तिम दिन नेप्सेमा २० अंकको गिरावट

काठमाडौँ, १५, वैशाख । यो साताको अन्तिम दिन आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ । आज नेप्से १९.९७ अंक घटेर २३ सय ५६ अंकमा आइपुगेको हो ।

यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ४५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज कारोबार भएका १३ मध्ये सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा सबैभन्दा धेरै १५५ अंकको गिरावट आएको छ ।


यसपछि, विकास बैंक समूह र उत्पादनमूलक उद्योग समूहमा ७४/७४ अंकको गिरावट आएको छ । यसैगरी, निर्जीवन बीमा समूहमा ४१ अंकको गिरावट आउँदा लघुवित्त समूहमा ३८ अंकको गिरावट आएको छ ।

यस्तै, व्यापार समूहमा ३२ अंकको गिरावट आएको छ भने वित्त समूह ३० अंकले घटेको छ । सेयर बजार परिसूचक दोहोरो अंकले घटेपनि आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।यससँगै, कम्पनीको सेयर प्रतिकित्ता १०३ रुपैयाँले बढेर ११ सय ४२ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।