image
image

ऊर्जाको उच्च मूल्यका कारण साउदीको अर्थतन्त्र ७.६ र कुवेतको ८ प्रतिशतले वृद्धि हुने

काठमाडौँ, १५, वैशाख । यस वर्ष विश्व अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने अनुमानबीच गरिएको छ । यस्तै तेल निर्यातकर्ता अरब देशहरु ऊर्जाको उच्च मूल्यका कारण धनि हुने भएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले हालै सार्वजनिक गरेको रिपोर्टमा यस्तो उल्लेख गरिएको हो । रिपोर्टका अनुसार तेलको मूल्यमा भइरहेको मूल्यवृद्धिले अरब देशहरुको अर्थतन्त्र बलियो हुनेछ र वित्तीय भण्डारसमेत वृद्धि हुनेछ । 

रिपोर्टका अनुसार कच्चा तेलको मूल्यमा भइरहेको तीव्र वृद्धिले अरब देशहरुको अर्थतन्त्रमा उछाल आउने र उनीहरुलाई अप्रत्यासित लाभ हासिल हुनेछ । तथापि कच्चा तेल आयात गर्ने पश्चिम एसियाली देशहरु र ब्ल्याक सी क्षेत्रबाट हुने खाद्य आयातमाथि निर्भर हुने इजिप्टजस्ता देशहरुमा भने तेलको मूल्य वृद्धिको नकारात्मक प्रभाव पर्नेछ । 

तेलको मूल्यमा भइरहेको मूल्यवृद्धिका कारण यस वर्ष साउदी अरबको अर्थतन्त्र ७.६ प्रतिशत र कुवेतको अर्थतन्त्र ८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । आइएमएफको यो अनुमान सन् २०२२ मा कच्चा तेलको मूल्य औसतमा प्रतिब्यारेल १०७ डलर र सन् २०२३ मा प्रतिब्यारेल ९२ डलरको आसपासमा रहने प्रक्षेपणमा आधारित छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।