सिभिल बैंकको एटीएमबाट बिना कार्ड पनि पैसा निकाल्न सकिने
काठमाडौं १९ फागुन । अब सिभिल बैंकको एटीएमबाट रकम निकाल्न एटीएम कार्ड नै नचाहिने भएको छ । सिभिल बैंकका ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ्ग एप्लिकेशन “सिभिल स्मार्ट” प्रयोग गरेर सिभिल बैंकको कुनैपनि एटीएम मार्फत एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सक्नेछन् ।
यस सेवाको प्रयोग गर्न ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ्ग एप्लिकेशन “सिभिल स्मार्ट”मा भएको “कार्डलेस क्याश” अपशनमा गई आफुले इच्छाएको रकम प्रविष्ट गरी सम्पूर्ण विवरणहरु दुरुष्ट गरी आफ्नो मोवाईल बैकिङ्ग एप्लिकेशनको पिनकोड हाल्नुपर्ने हुन्छ जस पश्चात एकपल्ट मात्र प्रयोग गर्न मात्र मिल्ने ओटीपी पासकोड प्राप्त हुनेछ । यस पासकोडको सहित अन्य विवरणहरु प्रविष्ट गरे पश्चात एटीएमबाट पूर्व निर्धारित निश्चित रकम झिक्न सकिनेछ ।
एटियम कार्ड हराएको अवस्थामा वा अरु कसैलाई रकम भुक्तानी गर्नुपरेको अवस्थामा समेत प्रयोग गर्न सकिने उक्त सुविदाले ग्राहकहरुले एटीएम कार्ड बोक्नैपर्ने, एटीएम कार्ड हराउने डर आदी झन्झटहरुबाट मुक्त हुनेछन् । ८९ एटियम मार्फत ग्राहकहरुले उक्त सेवा लिन सक्ने बताएका छन् ।