आज कति छ विदेशी मुद्राको विनिमयदर ?
काठमाडौँ, ११, वैशाख । आज एक अमेरिकी डलरको बिक्रीदर १२२.६८ रुपैयाँ र खरिददर १२२.०८ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको खदिर/बिक्रीदर कायम गरेको हो । यसैगरी, आज एक यूरोको बिक्रीदर १३२.५३ रुपैयाँ र खरिददर १३१.८८ रुपैयाँ तोकिएको छ । यस्तै, १५७.८३ रुपैयाँ बिक्रीदर तोकिएको पाउण्ड स्र्टलिङको खरिददर १५७.०६ रुपैयाँ छ ।
यस्तै, ८९.५५ रुपैयाँ बिक्रीदर तोकिएको अष्ट्रेलियन डलरको खदिर मूल्य ८९.११ रुपैयाँ कायम छ । यस्तै, ८९.७६ रुपैयाँ बिक्री मूल्य कायम सिंगापुर डलरको खरिद मूल्य ८९.३२ रुपैयाँ छ । १० जापानी येनको बिक्री मूल्य ९.५५ रुपैयाँ छ भने ९.५० रुपैयाँ बिक्री मूल्य छ । १८.८९ रुपैयाँ बिक्रीमूल्य रहेको चिनियाँ युवानको खरिद मूल्य १८.७९ रुपैयाँ छ ।









