सामसङ ग्यालेक्सी ए२३ को मूल्य घट्यो
काठमाडौँ, ९, वैशाख । सामसङ सामसङ ग्यालेक्सी ए२३ औपचारिक रुपमा बजारमा उपलब्ध भएसंँगै यो फोनको बजार मूल्य दुई हजार रुपैयाँले घटाइएको छ।
सामसङ ग्यालेक्सी ए२३ ६ जीवी/१२८ जीवीको लागि नयाँ वर्षको अफर मूल्य अब रु.२९ हजार ९९९ कायम गरिएको छ। सामसङ ग्यालेक्सी ए२३ ४ जीवी/६४ जिबिको लागि नयाँ वर्षको अफर मूल्य रु.२५ हजार ९९९ तोकिएको छ।
यो फोनमा एण्ड्रोइड १२ र वान् युआइ ४.१ छ। यो सामसङ सामसङ ग्यालेक्सी ए२३ मा ६.६ इन्चको एफएचडी प्लस स्क्रीन राखिएको छ, जुन वाटरड्रप नचका साथ आउँछ।कम्पनीका अनुसार सामसङ सामसङ ग्यालेक्सी ए२३ स्न्यापड्रागन ६८० साथ ४ र ६ जीवी र्‍याममा उपलब्ध छ। यो फोनमा ६४ र १२८ जीवी भण्डारण क्षमता छ, जसलाई माइक्रो एसडी कार्डको सहायताले १ टि बी सम्म बढाउन सकिन्छ।
क्यामराको रुपमा सामसङ ग्यालेक्सी ए२३ मा ४ ओटा क्यामरा लगाइएको छ, जुन ५० मेगापिक्सलको प्राइमरी सेन्सर, एउटा ५ मेगापिक्सलको अल्ट्रा वाइड सूटर, एउटा २ मेगापिक्सलको डेप्थ सेन्सर र एउटा २ मेगा पिक्सलको म्याक्रो क्यामरा रहेको छ।
यस मोबाइलको मुख्य क्यामरामा ओ आइ एस जडित छ। ओ आइ एस हार्डवेयर र सफ्टवेयर प्रोसेसिङकाे संयोजन प्रयोग गर्छ, जुन कम प्रकाशमा पनि प्रष्ट र तीक्ष्ण फोटोहरु खिच्नको लागि पर्याप्त हुन्छ। यसले गर्दा फोटो खिच्दा कम्पन भएपनि फोटोमा त्यसको असर अत्यन्त कम पर्दछ।
यो फोनमा ५ हजार एमएएच को ब्याट्री लगाइएको छ, जुन २५ वाटको तीब्र गतिले चार्ज हुन सक्ने क्षमता छ र यसको बक्समा १५ वाटको एडप्टर रहेको छ।









