सरकार र विप्लवविच अनौपचारिक वार्ता शुरु
काठमाडौँ १९ फागुन। आज बालुवाटारमा सरकार र विप्लव विच अनौपचारिक वार्ता शुरु भएको छ । सरकारका तर्फबाट वार्ताका लागि गृहमन्त्री बादल र रञ्जन भटराई उपस्थित छन् भने विप्लप को तर्फबाट प्रकाण्ड र दिपक चलाउने उपस्थित छन् ।
हिजो विप्लव पक्षसँग वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि टोली घोषणा गरेको हो । मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए ।
वरपरको वातावरण सुरक्षालाई कडाई गर्दै विप्लव समूहले तीन प्रस्ताव अघि सरेको थियो । त्यस्तै वार्ता पछि सरकारले नियन्त्रणमा लिएको केहि व्यक्तिलाई छोड्ने तयारी समेत रहेको छ ।