image
image
अपर सोलु हाइड्रोको आइपिओ आउँदै

अपर सोलु हाइड्रोको आइपिओ आउँदै

काठमाडौँ, ८, वैशाख । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपिओ जारी गर्न अनुमति पाएको छ। कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्ने भएको हो।

कम्पनीले आफ्नो कुल चुक्ता पुँजीको २४.५० प्रतिशत आइपिओ जारी गर्न  दिएको निवेदन नेपाल धितोपत्र बोर्डले हिजो, वैशाख ७ गते अनुमति दिएको हो। 

अपर सोलु हाइड्रो कम्पनी पहिलो पटक सन् २०१० मे २८ तारिखदेखि एक निजी कम्पनीको रूपमा सञ्चालनमा आएको हो। पछि सन् २०१७ अप्रिल १४ तारिखदेखि भने यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो।अपर सोलु हाइड्रोले पहिलो चरणमा स्थानीय र त्यसपछि अन्य सर्वसाधारणहरूको लागि सेयर जारी गर्ने भएको हो।कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। 

हाल कम्पनीले सोलुखुम्बु जिल्लामा २३.५ मेगावाटको सोलु एचइपी सञ्चालन गरिरहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।