image
image

कस्ले मार्ला बाजी ?

काठमाडौँ, ८, वैशाख । सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरे संगै निर्वाचन आयोगले पनि आफ्नो तयारीलाई तिब्र पारेको छ। निर्वाचन आउँन केहि हप्ता बाकि रहेका बेला राजनीतिक दल र तिनका कार्यकर्ता यतिबेला टिकट को लागि दौड धुपमा छन्। खास गरि स्थानीय तहका नेताहरु टिकटका निम्ति जिल्ला देखि नेताको घर घरमा धाइरहेका छन।

यस्तै रसाकसी देखिन्छ नेकपा एमाले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा १० मा ,पछिल्लो समय राजनीतिमा उदाएका युवा नेता प्रकास केसी र बहाल वाला निर्वाचित वडा अध्यक्ष दर्शन बिष्ट बीच कडा प्रतिस्पर्धा भई रहेको देख्न सकिन्छ। बिष्ट भन्छन 'मैले जनताको मन दुख्ने केहि काम गरेको छैन ,कोभिड कारण केहि काम अधुरै छन र मेरा मतदाताले पनि एक पटक तपाई दोरिनु पर्छ भन्ने दाबी गर्दै आइरहेका छन। तेसो त दर्शन बिष्ट २०५४ मा पनि साबिक गाबिस अध्यक्ष थिए। यसैको बिरोध गर्दै केसी समर्थक कार्यकर्ता र युवाहरु यो पटक नया र युवा पुस्ताले पाउनु पर्ने बिचार राख्छन। कुनै पनि हालतमा पछि नहट्ने भन्दै प्रकास केसी भन्छन ' दर्शन दाइलाई उच्च स्म्मना गर्दै यस पटक उहाले मलाई सहयोग गर्नु पर्ने बताउछन।

२०५६ साल देखि राजनीतिमा लागिरहेको छु। पार्टीका हरेक अभियान आन्दोलन र कार्यक्रम सफल पार्न मैले कुनै कसर बाकि राखेको छैन। वडा देखि प्रदेश र केन्द्र बाट आएका हरेक बिकासका कामलाई सकेको सहयोग पुर्याउदै आएको छु , म संग वडा कमिटी देखि बिभिन्न संघ सस्था क्लब र बिद्यालय व्यस्थापनको जिम्मेवारी कुशलता पुर्बक निर्वाह गर्दै आएको छु। मेरो उमेदवारी पद र पैसाको लागि हैन, मेरो आफनै व्यपार व्यवसाय छ जसले मलाई पुग्ने दिएको छ , म केहि गर्न चहान्छु ,केहि भिजन र सपना छन म संग ,आफु जन्मेको हुर्केको ठाउमा केहि गरम भन्ने हेतुले अगाडी बढिरहेको छु। सम्पूर्ण पार्टी कमिटिका साथीहरुको साथ र स्थानीय सबैको पूर्ण सहयोग र भरोसा म संग छ। आशा छ जिल्ला नेतृत्वले न्याय गर्छ भन्ने कुरामा ढुक्क छु केसीले थपे । आम सर्व साधारण भन्छन , यस पटक नयाँ अनुहार आउने अड्कल काट्दै छन । बैशाख १० गते सम्म अन्तिम नामावली आउने नै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5.9%
anger आक्रोशित
0%
depressed निराश
11.8%
thinking सोच्दै
0%
cry रुनु
5.9%
lol हाँसो
11.8%
perfect उत्तम
0%
surprise अचम्म
64.7%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।