image
image

नेप्से २३२० अंकमा झर्‍यो, सबै सूचकमा गिरावट

काठमाडौँ, ७, वैशाख ।  बुधबार सेयर बजारको परिसूचक नेप्से २३२० अंकमा झरेको छ । दिनभर कुल १ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा परिसूचक ३६.७ अंकले घटेको हो । कुल ९ कम्पनीको मूल्य बढ्यो भने १८३ को घट्यो, ३ को स्थिर रहृयो । सबै उपसमूहका सूचक घटेका छन् ।

बैंकिङ ११, ब्यापार १५, होटल तथा पर्यटन ६८, विकास बैंक १०६, जलविद्युत ५५, फाइनान्स ६६, निर्जीबन बीमा १६९, उत्पादन ८२, अन्य ५५, लघुवित्त ७३ र जीवन बीमा २४६ अंकले घटे । जल्पा लघुवित्त र ग्रीन भेन्चरको मूल्य करिब १० प्रतिशतले बढ्यो । नेस्डो लघुवित्तको मूल्य १० प्रतिशत नै घट्यो । कम्पनीको बिक्रीमा चाप परेको छ भने खरिद गर्नेहरु छैनन् । कारोबार रकमका आधारमा नेस्डो, एनआईसी एसिया, सिद्धार्थ बैंक, अरुणभ्याली र नबिल बैंक क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।