अमेरिकी डलरसहित अन्य देशको विनिमयदर कति छ ?
काठमाडौँ, ७, वैशाख । नेपालमा अमेरिकी डलरको सटहीदर १२२.७२ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै एक डलरको बिक्रीदर १२२.७२ रुपैयाँ तोकेको हो । यस्तै, आज डलरको खरिददर १२२.१२ रुपैयाँ छ ।
यसैगरी, आज एक यूरोको बिक्रीदर १३२.४६ रुपैयाँ छ भने खरिददर १३१.८२ रुपैयाँ छ । यस्तै, पाउण्ड स्टलिङ खरिददर १५९.७८ रुपैयाँ र खरिददर १५९ रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलरको बिक्रीदर ९०.४३ रुपैयाँ र खरिददर ८९.९९ रुपैयाँ छ ।
३२.७३ रुपैयाँ बिक्रीदर तोकिएको साउदी रियालको खरिददर ३२.५७ छ भने ३३.५९ रुपैयाँ बिक्रीदर कायम कतारी रियालको खरिददर ३३.४२ रुपैयाँ छ । यस्तै, ३३.४१ रुपैयाँ बिक्रीदर तोकिएको संयुक्त अरब इमिरेट्सको खरिददर ३३.२५ रुपैयाँ छ । यसका साथै, मलेसियन रिंगटको बिक्रीदर २८.८४ रुपैयाँ छ भने खरिददर २८.७० रुपैयाँ छ ।









