image
image

२० वर्ष यताकै कमजोर बन्यो जापानी येन

काठमाडौँ, ७, वैशाख । जापानी येन २० वर्षयताकै कमजोर भएको छ । मंगलबार बिहानको सत्रमा एक्सचेन्जहरूमा प्रति डलर एक सय २७ येनमा कारोबार भइरहेको छ। जापानी नीति निर्माताहरूले डलरको तुलनामा जापानी मुद्रा (येन) मा भइरहेको अवमूल्यनलाई लिएर चिन्ता जनाइरहेका छन्। 

प्रति डलर एक सय ३० येनभन्दा कम विनिमय दर हुने अवस्था आएमा कतिपयले जापानी सरकारले मुद्रा खरिद गरेरै हस्तक्षेप गर्नुपर्ने यसअघि नै बताएका थिए। यस्तो हस्तक्षेप गनुपर्ने मुद्रासम्बन्धी जानकार इसुकी स्याखाकिबाराले बताउँदै आएका छन्।

पछिल्लो पटक जापानले सन् १९९८ मा येन खरिद गरेरै यस्तो हस्तक्षेप गरेको थियो। एसियन वित्तीय संकटको समयमा येनको बिक्रीमा तीव्रता आएको र पुँजी पलायन हुन थालेको थियो। त्यसअघि पनि जापानले सन् १९९१ देखि १९९२ मा यस्तो हस्तक्षेप गरेको थियो। त्यहाँका गभर्नर हरुहिको कोरुडाले येनमा भइरहेको अवमूल्यनले फर्महरूलाई आफ्नो व्यावसायिक योजना बनाउन समस्या हुने बताइरहेका छन्। मौखिक रूपमा गरिएको यस्तो हस्तक्षेपबाहेक जापानसँग अन्य विकल्पहरू पनि छन्, जसमध्येको एक हो सरकारले येन खरिद गर्ने। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।