image
image

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ: देउवा

काठमाडौँ, ६, वैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको बताएका छन्।उनले गठबन्धन तोड्न नहुने बताए।

उनले पाँचदलीय गठबन्धनबाट आफू प्रधानमन्त्री भएको र यो गठबन्धन चुनावसम्मै लैजाने बताए। गठबन्धनमा रहेका दलहरूलाई चुनावमा उचित स्थान दिनुपर्ने उनले बताए।‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ,’ नेविसंघको स्थापना दिवसमा आज सम्बोधन गर्दै देउवाले भने, ‘तर गठबन्धन तोड्न हुन्न।’

विगतमा एमाले र माओवादी मिल्दा कांग्रेस हारेको भन्दै गठबन्धन आवश्यक रहेको बताए।‘कांग्रेस ठूलो पार्टी छ धेरै सिट लिनुस्। हामीलाई पनि केही सिट दिनुस् भनेका छन्,’ देउवाले भने, ‘उनीहरूलाई पनि स्थान दिनुपर्छ। गठबन्धन बचाउनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।