image
काठमाडौंमा थप दुई मल्टिप्लेक्स सिनेमा हल सञ्चालन

काठमाडौंमा थप दुई मल्टिप्लेक्स सिनेमा हल सञ्चालन

काठमाडौँ, २, वैशाख । काठमाडौंमा थप दुई मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आएका छन्। नयाँ वर्षको अवसर पारेर दरबार मलमा दरबार सिनेम्याक्स र कालिमाटीमा वान सिनेमाज् सञ्चालनमा आएको हो।

गुण ग्रुपद्वारा निर्माण भएको दरबार सिनेम्याक्समा ५० र ५३ सिट क्षमताको दुई वटा हल, अत्याधुनिक साउण्ड सिस्टम स्क्रिन र अर्डर अनुसारको खाना बार सहितको सेवा प्रदान गर्ने गरी सञ्चालनमा आएको प्रबन्ध निर्देशक दिप्रस शाक्यले जानकारी दिए।


नयाँ बानेश्वरमा हल सञ्चालन गरिरहेको वान सिनेमाज्ले कालिमाटीमा नयाँ हल खोलेको हो। उक्त हलमा दुई अडिटोरियममा तीन सय सिट क्षमता छ भने दर्शकले पाँच सय र सात सय रुपैयाँमा टिकट काट्नुपर्नेछ। गुण ग्रुपले विगत २५ वर्षदेखि गुण सिनेमा हल सञ्चालन गर्दै आएको छ।

क्युएफएक्सले व्यवस्थापन गरिरहेको दुवै हलमा वैशाख १ गतेदेखि ‘केजीएफः च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ प्रर्दशन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।