image
image

नेपाली सेनाले करारमा माग्यो प्राध्यापकदेखि वेटरसम्मका कर्मचारी

काठमाडौँ, ३०, चैत ।  नेपाली सेनाले विभिन्न पदका लागि आवेदन खुला गरेको छ ।

नेपाली सेनाको बलाधिकृत विभागअन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले उपप्राध्यापकदेखि वेटरसम्म माग गर्दै आवेदन खुला गरेको हो।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका ६९ ओटा पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले सूचना निकालेर उल्लेख गरेको छ।

लेखा हेर्ने एक, सूचना प्रविधि सहायक एक, चिकित्सा शिक्षा महाविद्यालय भण्डारखालका लागि उपप्राध्यापक एक र कलेज अफ मेडिकल पोलिटेक्निकका लागि उपप्राध्यापक दुई र सहायक प्राध्यापक दुई जना आवश्यक परेको उल्लेख छ।

यस्तै नेपाली सेना कृषि विज्ञान संस्थान लमजुङका लागि उपप्राध्यापक तीन, भान्छे र कुचीकार एक / एक जना आवश्यक रहेको छ।

सैनिक आवासीय महाविद्यालय भक्तपुर र धरानका लागि शिक्षक र प्रिन्सीपलसमेत आवश्यक परेको सूचनामा उल्लेख छ। सैनिक आवासीय महाविद्यालय पोखराका लागि दुई जना वेटरसमेत आवश्यक परेको छ।

यस्तै माली, औषधि वितरक, पियनलगायत पदमा पनि दरखास्त खुला गरिएको छ।

ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिन भित्रमा आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।