image
image

नेपालमा कोरोना संक्रमित घट्दै, चार जनामा मात्र संक्रमण पुष्टि

काठमाडौँ, २७, चैत ।  नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ४ जना कोरोना संक्रमित थपिएका छन्। आइतबार २ हजार ७ सय ४० जनाको कोरोना परीक्षण गर्दा ४ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 


पछिल्लो २४ घण्टामा थप ४८ जना निको समेत भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ सय ९२ जना पुगेको छ। १ हजार ८ सय जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा र ९ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट ९ लाख ६६ हजार २८ जना मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।