image
स्थानीय चुनावमा गठबन्धन हुन्छ : मन्त्री आले

स्थानीय चुनावमा गठबन्धन हुन्छ : मन्त्री आले

काठमाडौँ, २४, चैत ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएका छन् ।

छैटौँ भक्तपुर औगोगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा मन्त्री आलेले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताए । उनले भने, “स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ ।” मन्त्री आलेले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने जिकिर गरे ।

उनले भने, “गठबन्धन दुवै पक्षलाई आवश्यक छ ।” कोभिड–१९ का कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको मन्त्री आलेले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।