नेपालबाट भारतमा विद्युत निर्यात बढ्दो
काठमाडौँ, २१, चैत । नेपालबाट भारतमा विद्युत निर्यातमा निरन्तर वृद्धि भइरहेको छ । यस वर्ष नेपालबाट भारतमा विगत वर्षको तुलनामा बढी विद्युत निर्यात भएको छ ।
भारतले विद्युत उत्पादन र पानीमा विशेष ध्यान दिएको श्रृंगलाको भनाईबाट पनि थाहा हुन्छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बाढी नियन्त्रण, ऊर्जा उत्पादन, सिंचाईलगायतका विषयमा महत्वपूर्ण कुराकानी भएको खुलाइसकेका छन् ।भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले यस वर्ष गत वर्षको तुलनामा भारतमा नेपालबाट विद्युत आपूर्ति वृद्धि भएको खुलाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार श्रृंगलाले भारतको नेपालमा विद्युत उत्पादनका लागि भएका पूर्वाधार विकासको परियोजनामा ठूलो उपलब्धि हासिल भएको समेत बताएका छन् ।
महाकाली सन्धी अन्तर्गतको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा पनि भारतको चासोबारे श्रृंगलाले खुलाइसकेका छन् । २६ वर्ष अघि सम्झौता भएको उक्त सनधी अन्तर्गतको परियोजनाको डिपिआर चाँडै तयार गर्नेबारे थप छलफल गर्ने सहमति पनि भइसकेको छ । गेम चेन्जर परियोजनाका रुपमा हेरिएको पञ्चेश्वरमा भारतले चासो बढाएको छ ।









