image
image

हिरो मोटोकर्पले बाइक र स्कुटरको मूल्य बढाउँदै

काठमाडौँ, १६, चैत ।  मोटोकर्पले आफ्नो दुई पांग्रे उत्पादनको मूल्य बढाउने भएको छ। भारतीय अटोमोबाइल उत्पादन कम्पनी हिरो मोटोकर्पले अप्रिल ५ तारिखदेखि बाइक र स्कुटरको मूल्य बढाउने घोषणा गरेको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ। 

कम्पनीका अनुसार उत्पादन लागतको खर्च बढेसँगै कम्पनीले बिक्री मूल्य बढाउने निर्णय गरेको हो।


गत साताको शनिबारदेखि अटो निर्माता टोयोटा किर्लोस्कर मोटरले पनि आफ्नो उत्पादनहरूको मूल्य ४ प्रतिशतसम्मले बढाएको थियो।'विभिन्न मोडलको मूल्य २ हजार रुपैयाँदेखि, बजारअनुसार बढ्नेछ,' कम्पनीद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ। 

त्यस्तै, बिएमडब्ल्यु इन्डियाले पनि शुक्रबार अर्थात् यही अप्रिल १ तारखिदेखि आफ्नो उत्पादनहरूको मूल्य ३.५ प्रतिशतले बढाउने बताएको छ। सवारी निर्माणमा आवश्यक कच्चा सामग्रीको मूल्य बढेसँगै लागत मूल्य बढेको र सोही कारण उत्पादन मूल्य बढेको कारण देखाउँदै कम्पनीले बजार मूल्य बढाएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।