image
टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने

टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने

काठमाडौँ, १६, चैत । ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ टुँडिखेलमा २५ देखि ३० चैत्रसम्म आयोजना हुँदैछ । महोत्सवमा खुल्ला लोकदोहोरी प्रतियोगिता समेत आयोजना हुँदैछ । महोत्सव आयोजक संस्था डिएआर मुभिजले एक विज्ञप्ती जारी  महोत्समा आयोजना हुने दोहोरी प्रतियोगितामा सहभागिताका लागि आवेदन समेत खुल्ला गरेको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५, ३ र २ लाख नगद प्राप्त गर्नेछन् । त्यस्तै सान्त्वना पुरस्कारमा  नगद १ लाखसँगै मेडल र प्रमाणपत्र समेत राखिएको छ ।  प्रतियोगिता उत्कृष्ट गायक तथा गायिकाले नगद २५ हजार र नव प्रतिभाले नगद २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 


सांस्कृतिक मौलिक मेलाको रुपमा आयोजना हुन लागेको महोत्सवमा दर्शकले निःशुल्क अवलोकन गर्न पाउने भएकोले १० लाख बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

डिएआर मुभिजले यस अघि २०७६ सालमा ‘राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव’को आयोजना गरेको थियो । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि स्थानीय कला र दोहोरी गीत महोत्सवको मुख्य आकर्षक बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।