नेपालमा पहिलो पटक चीनबाट आयो ४० लाख डोज साइनोभ्याक खोप
काठमाडौँ, १५, चैत । नेपालमा कोरोना भाइरसविरुद्धको अर्को खोप पनि आएको छ। चीन सरकारको अनुदानमा नेपालमा पहिलो पटक ४० लाख मात्रा साइनोभ्याक खोप आएको हो।
उनका अनुसार यो खोप नेपालमा पहिलो पटक आएको हो। उनले यो खोप १८ वर्षमाथिका नागरिकलाई लगाउन मिल्ने जानकारी दिए।स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार शनिबार ३५ लाख र सोमबार ५ लाख डोज खोप आएको हो।
यो खोप चीनको यसअघिको खोप भेरोसेल जस्तै दुई डोज लगाउनु पर्ने खोप हो।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनको साइनोभ्याक खोपलाई गत जेठमा नै आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो।
चीनबाट यसअघि भेरोसेल खोप आएको थियो। भेरोसेल खोप चीनबाट अनुदान र नेपाल सरकारले खरिद गरेर ल्याएको थियो।
नेपालमा हालसम्म कोभिसिल्ड, एस्ट्राजेनेका, फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, भेरोसेल, साइनोभ्याक खोप आएका छन्।