image
image

साल्ट ट्रेडिङ्गको बोनस शेयर नेप्सेमा समायोजन,समायोजनपछिको मूल्य कति ?

काठमाडौँ, १४, चैत ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । 

कम्पनीको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ४ हजार ६ सय ८३ रूपैयाँ ६४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ हजार एक सय ५२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरि कूल १०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको चैत्र ६ गते(आइतबार)बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ५५औँ वार्षिक साधारण सभा चैत्र ३० गते (बुधबार) बिहान ११ बजेदेखि सुरू हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।