image
image
बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौँ, १४, चैत ।  सरकारले आउँदो चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरेको छ । अभियानकै रुपमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी भएको  हो ।

सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिने लगायत प्राविधिक तयारीका काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो खोप अभियानपछि टाइफाइड विरुद्धको खोपलाई पनि नियमित खोप कार्यक्रममा नै समेट्ने सरकारको तयारी रहेको  छ । १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिने जनाइएको छ ।

मन्त्रालयले खोप लगाउने निश्चित मिति र स्थानको बारेमा नजिकको स्वास्थ्य संस्था, विद्यालय तथा वडा कार्यालयमा सम्पर्क गर्न समेत आव्हान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।