‘झिङ्गे दाउ’ को प्रदर्शन मिति सार्वजनिक
काठमाडौँ, ११, चैत । फिल्म ‘झिङ्गे दाउ’ आगामी ३१ भदौमा प्रदर्शन हुने भएको छ । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । निर्देशक देउजाले सामाजिक संजालमा फिल्मको एक पोष्टर शेयर गर्दै प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । पोष्टरमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माको टक्कर समेटिएको छ ।
प्रदीप भारद्वाजको पटकथा सम्वाद रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । फिल्मका निर्माता सुलभ, समिक्षा र सुशिल हुन् । फिल्ममा केकी र आँचलको अलवा ‘बुलबुल’बाट डेब्यु गरेका नायक मुकुन भुसालको समेत मुख्य भूमिका रहेको छ । ‘कपनगडी सिनेमा’ र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म कथाकार भिमनिधि तिवारीको कथा ‘झिङ्गे दाउ‘मा आधारित रहेको निर्देशक देउजाले बताए ।