image
image

प्रकाश सपुत भन्छन्ः कुनै शक्ति केन्द्रबाट नभइ समाजबाट परिचालित भई ‘पिर’ गीत सार्वजनिक गरेको हुँ

काठमाडौँ, १०, चैत ।  कलाकार प्रकाश सपुतले आफू आफू कुनै पनि शक्तिकेन्द्रबाट परिचलित नभएको दाबी गरेका छन्।हालै सार्वजनिक भएको पीर गीत विवादमा आएपछि उनले बिहीबार पत्रकार सम्मेलन गरेर आफू समाजबाट परिचालित भएको भन्दै अन्य कुनै शक्तिले आफूलाई परिचालित नगरेको स्पष्ट पारेका हुन्।

पिर गीत सार्वजनिक गरेपछि माओवादी कार्यकर्ताले आफूहरूविरुद्ध शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएको भन्दै उनले आफू समाजबाट परिचालित भएको जवाफ दिएका हुन्। 

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गायक प्रकाश सपुतले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी  दृश्य  कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताए।विवादपछि पिर गीतको भिडिओको केही दृश्य हटाएर पुनः युट्युबमा अपलोड गरिएको विषयमा गायक तथा मोडल सपुतले आफूले कसैसँग डराएर गीतको भिडिओ डिलिट नगरेको जवाफ दिए। 

उनले उक्त सीनले समाजमा र त्यस्तै पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट केहि दृश्य  हटाउनु परेको बताए। गायक सपुतले जनयुद्ध लडेर समाज विकास नभएकोले निराश बनेका योद्धाहरु उक्त दृश्यबाट झनै चिन्तित बनेको भन्दै गीतमा भएको केहि दृश्य हटाएर पुनः सार्वजनिक गरेको बताए। उनले उक्त कुरालाई भावनात्मक रुपमा बुझिदिन पनि समस्त श्रोता एवं दर्शकहरुलाई आग्रह गरे।

‘त्यहाँ छोडिएका प्रश्नहरु डिलिट गरेको भए, यदि त्यहाँ नेर लोकेन्द्र सरको भूमिकालाई हटाएको भए सायद म कसैको विचारबाट डराएँ, शक्तिबाट डराएँ, कुनै निश्चित समूहबाट डराएर हटायो भन्ने हुन्थ्यो, यसलाई भावनात्मक हिसावले सोचिदिनु हुन अनुरोध गर्दछु’, उनले भने, ‘मसँग त्यसका लागि थुप्रै तर्कहरु छन्, त्यस्ता पात्र सिर्जना गर्न पाउने कि नपाउने, भन्ने तर। हामी यतिबेला नेपाली समाजमा छौं, सम्बन्ध छ। कसैको दुःखसँग जोड्ने मन छ । मन र भावनाका हिसावले त्यो पात्रको चित्त दुख्यो भन्ने हिसावले त्यो पार्ट हटाएको हो। जो जनयुद्ध लडेर आफैँमा चित्त दुखाएका छन्, उनीहरुको किन चित्त दुखाउने भनेर त्यो भाग हटाएको हो।’

भिडिओ सम्पादन गरेर पुनः अपलोड गरे पनि आफूले गीतमार्फत दिन खोजेको सन्देश यथावत रहेको उनको भनाइ छ। 

त्यस्तै अभिनेत्री सुरक्षा पन्तले गीतको बारेमा आफूलाई पनि धेरै म्यासेजहरु आएको बताइन्। उनले गीतबाट उक्त दृश्य हटाउने कुरा गायक सपुतको नितान्त ब्यक्तिगत कुरा रहेको जानकारी गराइन्। अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएकोसमेत स्पष्ट पारित्।

‘मलाई पनि यस भिडिओको बारेमा केही कुराहरु आएका छन्। यो हटाउन नितान्त प्रकाशजीले काम गर्नुभएको हो।  म भएको भए हटाउँदिन थिएँ’, उनले भनिन्, ‘उहाँले समाजमा भएका सम्बन्धलाई भावनासँग जोडेर हटाउनु भएको हो। त्यो भाग हटाउँदा केही समाज सुधार हुन्छ भने किन नहटाउने भन्ने हिसावले हटाउनु भएको हो।’

गायक सपुतको पछिल्लो गीत ‘पीर’ मा जनयुद्धकालीन परिवेशमा देश विकासका लागि लडेका योद्धाहरुको दुःख देखाइएको छ। नेकपा (माओवादी केन्द्र) निकटका भातृसंगठनहरुले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी दृश्य समावेश गर्नु आपत्ति जनाएका थिए।

’पीर’ बोलको गीतको भिडिओमा नेपालमा सशस्त्र द्वन्द्व हुँदा माओवादी लडाकु रहेका एक जोडीले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा देखाइएको छ। भिडिओको एउटा दृश्यमा पूर्वलडाकु महिला अभावकै कारण देहव्यापारमा संलग्न भएको चित्रण गरिएको छ। त्यही दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका हुन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।