image
‘पिर’ गीतको टिमबाट सिर्जनशील समाज नेपाललाई सहयोग प्रदान

‘पिर’ गीतको टिमबाट सिर्जनशील समाज नेपाललाई सहयोग प्रदान

काठमाडौँ, १०, चैत । प्रकाश सपुतको चर्चित पछिल्लो गीत ‘पिर’ को टिमले सिर्जनशील समाज नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । निकै चर्चित बनेको उक्त गीतबाट भएको आम्दानीको केही हिस्सा आर्थिक सहयोगस्वरुप सिर्जनशील समाज नेपाललाई प्रदान गरिएको हो ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रकाश सपुतले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सहयोगबापत प्रदान गरिएको रकम भने खुलाइएन । सिर्जनशील समाज नेपालले ४७ जना द्वन्द्व पीडित बालबालिकालाई संरक्षण गर्दै आएको पनि सो अवसरमा जानकारी दिइयो ।

गायक प्रकाश सपुतले सिर्जनाले नै सफलता र असफलताको भारी बोकोस् भन्ने मान्यता आफूले राख्ने गरेकै कारण त्यसैले गीत निकाल्नु अघि त्यसबारे चर्चा नगरेको सुनाए । सिर्जनापछि आएका केही प्रश्नलाई भने सार्वजनिक रुपमा कार्यक्रम गरेर जवाफ दिँदै आएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।