एक्स्कोट्सको नयाँ डीजी म्याक्स थ्री ब्याक्हो लोडर नेपालमा, यस्ता छन् सुविधा
काठमाडौँ। नेपालको लागि एक्स्कोट्स मेसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोवाइल्सले एक्स्कोट्सको हेभि इक्यूपमेन्ट सेगमेन्टमा नयाँ मेसिन डीजी म्याक्स थ्री ब्याक्हो लोडरको बिक्री खुल्ला गरेको छ ।
नयाँ मेसिन अत्याधिक कार्यक्षमतासहितको डिजाइनमा पनि अरुभन्दा फरक रहेको कम्पनीको दावी छ । अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठूलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा विशेष ध्यान दिएको कम्पनीको दावी छ । डीजी म्याक्स थ्री ब्याक्हो लोडरमा अगाडी रहेको बोनेट हुडलाई इटालियन क्याबिन डिजाइनबाट साभार गरी विशेष आकर्षक बनाइएको पनि कम्पनीले जनाएको छ ।
रात्रीकालीन समयमा काम गर्न सजिलो बनाउन मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठूलो साइजका लीड लाइटहरु प्रयोग गरिएको बताइएको छ भने अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्ट्म जडान गरिएको कम्पनीको दावी छ ।
नेपालमा एक्स्कोट्सको झण्डै ११०० युनिट भन्दा पनि बढी मसिनहरु छन् । आइएमई अटोमावाइल्सले देशभरका १२ वटै शाखा अन्तर्गत २०१४ देखि एक्स्कोट्सका कन्ट्रक्सन इक्युपमेन्टहरु बिक्री गर्दै आएको जनाएको छ ।