image
image

सेयर बजारको परिसूचक १८ अंक बढ्यो

काठमाडौँ, ७, चैत ।  सोमबार सेयर बजारको परिसूचक नेप्से १८ अंकले बढेको छ । १८. ०७ अंक बढेसँगै नेप्से २६३४ अंकमा कायम भएको छ । कारोबार रकम पनि सामान्य बढेको छ । दुई अर्ब ५९ करोडको कारोबार भयो । यसअघि आइतबार २ अर्ब २७ करोडको भएको थियो । 

कुल १५६ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रह्यो । बैंकिङ ५, विकास बैंक १३२, फाइनान्स ५६, जलविद्युत् ८३, जीवन बीमा १६८, उत्पादन ३३, लघुवित्त ३३, निर्जीवन बीमा ४६ र व्यापार उपसमूह २८ अंकले बढे । अन्य ४२ र होटल तथा पर्यटन उपसमूह १३ अंक घटे ।

इमर्जिङ नेपालको मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत यो कम्पनीको मूल्य प्रतिकित्ता ५७१.७० रुपैयाँ पुगेको छ । ङादी ग्रुप पावरको मूल्य ७.६ प्रतिशत बढ्यो । नेपाल टेलिकमको मूल्य सबैभन्दा धेरै २.९ प्रतिशत घट्यो । सो कम्पनीको मूल्य प्रतिकित्ता १५०४ रुपैयाँ कायम भएको छ । कारोबार रकमका आधारमा टेलिकम, अरुणभ्याली, जीवन विकास लघुवित्त, अपी पावर र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।