image
image

वोमी लघुवित्तको बोनस बापतको कर जम्मा गर्न आग्रह, कहाँबाट गर्ने ?

काठमाडौँ, ४, चैत । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस बापतको कर जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले आव २०७७/०७८ को नाफाबाट शेयरधनीको लागि २० प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको गत पुस १६ गते सम्पन्न १०औं साधारण सभाले उक्त बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।


साथै, हालसम्म पनि शेयर शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुको हकमा शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस खातामा पठाउने कमपनीले जानकारी गराएको छ । कम्पनीले २०७७ चैत ३ गतेदेखि २०७८ मंसिर २९ गतेसम्मका कायम शेयरधनीहरुलाई उक्त बोनसमा लाग्ने कर बापतको रकम कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा कुमारी बैंक लिमिटेडको कुनैपनि शाखा कार्यालयमा सम्पर्क राखि KCL-WOMI TAX COLLECTION 2077/78 खाता नम्बर ०१३००९८४०७२०००३७ मा जम्मा गर्न अनुरोध गरेको छ । 

कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।