देशभर थपिए ८३ संक्रमित, निको भए १३० जना
देशभर थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८३ जनामा संक्रमण पुष्टि भएको हो।
४ हजार ७३४ जनाको पिसिआर गर्दा ५७ र ३ हजार १५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो। ७ हजार ८८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
योसँगै देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित छन्।१३० जना संक्रमित निको समेत भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।
यस्तै काठमाडौंमा १५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १३, ललितपुरमा २ संक्रमित थपिएका छन्। भक्तपुरमा भने संक्रमित भेटिएनन्।









