कोरियामा अहिलेसम्मकै उच्च संक्रमणदर
काठमाडौँ, ३०, फागुन । दक्षिण कोरियामा एकै दिनमा ३ लाख बढिमा कोरोना भाइरसका सङ्क्रमित भेटिए छ । प्राप्त समाचार अनुसार त्यहाँ गएको २४ घन्टा यतामात्र ती३ लाख ९ हजार बढीमा कोरोना सङ्क्रमित पुष्टि भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यहाँका अधिकारीहरुले सम्भवत यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको पनि बताएका छन् । सो निकायका अनुसार अहिलेसम्म त्यहाँ ६८ लाख भन्दा बढी कोरोना सङ्क्रमित पाइएका हुन् ।
उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।त्यहाँ पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको संख्यामा सङ्क्रमित देखिने गरेका छन् । त्यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।









