image
image

कोरियन भाषा परीक्षाको आवेदन चैत १४ बाट खुल्ने

काठमाडौँ, ३०, फागुन ।  कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आगामी चैत १४ देखि आवेदन खुला गरिने भएको छ ।वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार कोरियामा रोजगारीका लागि जान इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुला गर्न लागिएको हो । इच्छुक नेपाली चैत २१ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । परीक्षा काठमाण्डौ केन्द्रबाट मात्र सञ्चालन हुने शाखाले जनाएको छ ।

यसैगरी उत्पादन क्षेत्रको पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म भाषा परीक्षा हुने छ ।शाखाले कृषि तथा पशुपालन र उत्पादनमा छुट्टाछुट्टै परीक्षा हुने तालिका सार्वजनिक भएको छ। जसअनुसार २०७९ वैशाख २६ देखि जेठ १३ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा हुने भएको छ । यस्तै जेठ २४ देखि असार १६ सम्म  दोस्रो चरणको भाषा परीक्षा हुनेछ । 

सीप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि  पहिलो चरणमा वैशाख २६ देखि जेठ १३ तथा दोस्रो चरणमा जेठ २४ देखि असार १६ सम्म मिति तोकिएको छ । उत्पादन क्षेत्रको सीप परीक्षणका लागि पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म मिति तोकिएको छ ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।