पछिल्लो २४ घण्टामा नेपालमा थप ६५ जनामा कोरोना संक्रमण
काठमाडौँ, २९, फागुन । देशभर थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्राका अनुसार आइतबार थप ६५ जनामा संक्रमण पुष्टि भएको हो।
६ हजार ३०६ जनाको पिसिआर र १ हजार ६४१ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको मिश्राले बताइन्। ७ हजार ९४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
योसँगै देशभर ४ हजार ९१७ जना सक्रिय संक्रमित छन्।आइतबार १९२ जना संक्रमित निको समेत भएका छन्। योसँगै पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।









