image
image

शेयर बजारमा उछाल : एकैदिनमा १०१ अंकको वृद्धि, कतिको भयो कारोबार ?

काठमाडौँ, २९, फागुन ।  साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजारमा सकरात्मक उछाल देखिएको छ । नेप्से परिसूचक सँगसँगै कारोबार रकम पनि बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक १०१.०७ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ । नेप्से ३.९४ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि १६.३७ अंकले बढेर ५०९.९० विन्दुमा पुगेको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समूह बढेको छ अन्तिम समयसम्म कारोबारमा आएका कूल २२८ वटा कम्पनीको ९० लाख २२ हजार ८ सय ९० कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३ सय ८७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोड ३६ लाख ५० हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने सबै इन्स्योरेन्स कम्पनीहरू रहेका छन् । अन्य ४ कम्पनीको पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।  

यस दिन मेगा म्युचुअल फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।